• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा थप ३३ जनामा कोरोना पुष्टि

  • खवरदाता

चितवनमा थप ३३ जनामा कोरोना पुष्टि

आश्विन–२७, २०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

मंगलबार गरिएको परिक्षणमा चितवनका २९ सहित ३३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र १२ पुरुष गरि २० जना, रत्ननगरका १ पुरुष, खैरहनिका २ पुरुष र १ महिला गरि ३ जना, राप्तीका २ महिला, कालिकाका २ पुरुष र माडीका १ पुरुष गरि २० जना रहेका छन ।

यस्तै अन्य संक्रमित हुनेहरुमा सुर्खेतका १ पुरुष, कास्की, नवलपरासी र बेनिघाटका १र१ महिला गरि ३ सहित ३३ जना रहेका छन । संक्रमितहरु ७ देखि ९६ बर्ष सम्मका रहेकोका छन ।

भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका २५२ नमुनाको परिक्षण गर्दा २१९ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ३३ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

  • प्रकाशित मिति : असोज २७, २०७७, मंगलवार १४:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८