बलत्कारका घटना रोक्न र दोषीलाई कारवाहीको माग गर्दै चितवनमा मौन प्रर्दशन

  • खवरदाता
  • असोज २७, २०७७

आश्विन–२७, २०७७

चितवन । बलत्कारका घटना वढेको र पीडकलाई सरकारले कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै चितवनमा मौन प्रर्दशन भएको छ ।

चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका स्वतन्त्र युवाहरुले आज मंगलवार शान्तिपूर्ण ¥याली गरी विरोध जनाएका हुन् ।

स्टप रेप, न्याय चाहियो सरकार लेखिएका प्ले कार्ड सहित आँखामा कालो पट्टी वाँधेर प्रदर्शन गरिएको युवा सुवास अर्यालले जानकारी दिए । दिनकै समाजमा बलत्कारका घटना घटिरहँदा सरकारले यसको रोकथाम र कारवाहीको प्रकृयामा ढिलाई गर्ने र अपराधी पत्ता लगाउन नसकेको भन्दै विरोध जनाइएको उनले बताए ।

पर्साबाट सुरु भएको र्याली पुरानो पर्सा पुगेर सकिएको थियो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८