• माघ २, २०८१, बुधवार Wednesday, 15 January, 2025

लागु औषध सहित एक पक्राउ

  • खवरदाता

लागु औषध सहित एक पक्राउ

आश्विन–२७, २०७७

नवलपु । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले लागु औषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका वडा नं. ४ बस्ने बर्ष २४ को राजिन बि.क. रहेका छन् ।

सोमवार दिउसो १ ः५० बजेको समयमा पूर्व पश्चिम राजमार्गका कावासोती वडा नं. १६ चालिसकिलो मा लु १ ख ८०७१ नम्वरको बस लाई रोकी चेकजाँच गर्दा उनको साथबाट लागु औषध डाईजापाम २० एम्पुल,आइपिपिएल २० एम्पुल,फेनारगन २० एम्पुल, ओनेरेक्स १०० एमआई ३२ बोतल र नाईट्रोभेट १० लेखिएको ३० ट्याबलेट फेला परेको थियो ।

उनी विरुद्ध लागु औषध मुद्धामा नवलपुर जिल्ला अदालत बाट सोमवारबाट लागु हुने गरी १० दिनको म्याद थप भई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

  • प्रकाशित मिति : असोज २७, २०७७, मंगलवार ११:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८