• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आज ३५५६ जनामा कोरोना पुष्टि

  • खवरदाता

आज ३५५६ जनामा कोरोना पुष्टि

आश्विन–२७, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १५ हजार ५७७ नमुनाको परिक्षण गर्दा ३ हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ३ हजार ५५६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३५ हजार ९१५ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या २० हजार ८६७ रहेको छ भने संस्थागत आइसोलेसनमा १५ हजार ५२ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाण्डौं उपत्यकामा २१२९ मध्ये काठमाण्डौंमा १७४६ ललितपुरमा २१६ र भक्तपुरमा १६७ रहेका छन् । हाल देशभरमा ३०७ आईसियुमा छन् भने ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा १५०३ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ७८ हजार ७८० पुगेको छ । यो ६८.३ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १८ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ६६३ पुग्यो ।

  • प्रकाशित मिति : असोज २७, २०७७, मंगलवार १०:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८