चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

  • खवरदाता
  • असोज २७, २०७७

आश्विन–२४,२०७७

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

श्वासप्रश्वाशमा समस्या भई चितवन मेडिकल कलेजमा भर्ना भएका भरतपुर १० का ७८ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछी आश्विन २४ गते अस्पताल भर्ना भएका उनको २२ गतेनै कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसियुमा राखी उनको उपचार हुदाहुँदै २६ गते आईतवार साँझ ८ बजेर ४० मिनेटमा मृत्यु भएको जनाइएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८