• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सिएमसीको प्रयोगशालामा ५७ जनामा कोरोना संक्रमण पुष्टि

  • खवरदाता

सिएमसीको प्रयोगशालामा ५७ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन–२७, २०७७

चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ३९ पुरुष र १८ महिला गरि थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका १८ पुरुष र १० महिला गरि २८ जना, रत्ननगरका १ पुरुष, खैरहनिका २ पुरुष ४ महिला गरि ६ जना, राप्तीका २ पुरुष, कालिकाका १ पुरुषगरि चितवनका मात्रै ३८ जना रहेका छन ।

अन्य संक्रमित हुनेहरुमा नवलपुरका ३ पुरुष २ महिला, काठमाण्डौं, भक्तपुर, नुवाकोट, काभ्रे, गोरखा र पर्वतका १ पुरुषगरि ६ जना, लमजुङ्गका २ पुरुष, मकवानपुरका ४ पुरुष, उदयपुर र झापाका १÷१ महिला समेतगरि जम्मा ५७ जना रहेका छन ।

संक्रमितहरु १४ देखि ९० बर्ष सम्मका रहेका छन् । परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ ।

सोमवार परिक्षण गरिएका २४८ वटा नमूना मध्ये १९१ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ५७ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : असोज २७, २०७७, मंगलवार ०३:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८