• असोज १८, २०८०, बिहीवार Thursday, 05 October, 2023
jutta

चीनले पाँच दिनमा ९० लाख मानिसको परीक्षण गर्ने


चीनले पाँच दिनमा ९० लाख मानिसको परीक्षण गर्ने

आश्विन–२७, २०७७

चीनको चिङ्डाओ नगरले पाँच दिन लगाएर आफ्ना सबै ९० लाख जनसङ्ख्याको कोरोनाभाइरस परीक्षण गर्ने भएको छ ।

विदेशबाट आएका कोरोनाभाइरस सङ्क्रमितहरूको उपचार गर्ने एउटा अस्पतालसँग सम्बन्ध भएका दर्जनौँ मानिसमा सङ्क्रमण देखिएपछि त्यहाँ ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण गर्न लागिएको हो ।

गएको मे महिनामा चीनले एक करोड १० लाख मानिस बसोबास गर्ने र यो विश्वव्यापी महामारीको केन्द्र ठानिएको वुहान सहरमा सम्पूर्ण जनसङ्ख्यामा यसैगरी कोरोना भाइरसको सामूहिक परीक्षण गरेको थियो ।

अहिले चीनमा कोरोनाभाइरस सङ्क्रमण लगभग नियन्त्रणमा आइसकेको बताइन्छ । तर संसारका अन्य धेरै देशमा कोरोना भाइरस तीव्र गतिमा बढिरहेको छ । उनीहरुले विभिन्न चरण र प्रकृतिका लकडाउनका व्यवस्थाहरू गरेका छन् ।

चीनको सामाजिक सञ्जालको वेबसाइट वेइबोमा राखिएको एउटा वक्तव्यमा चिङ्डाओ नगरको स्वास्थ्य आयोगले त्यहाँ छ जनामा नयाँ सङ्क्रमण र छ जना विना लक्षणका सङ्क्रमितहरू भेटिएका छन् । ती सबै सङ्क्रमितको सम्बन्ध एउटै अस्पतालसँग देखिएको सरकार सञ्चालित सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

अब कोरोना भाइरस सङ्क्रमणको सापेक्षित रूपमा सानो नै भएपनि नयाँ समूह अथवा क्लस्टर फेला परेमा उक्त इलाकामा सामूहिक परीक्षण गरिने नयाँ रणनीति चीनका अधिकारीहरूले बनाएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमवार जनाएअनुसार “पाँच दिनभित्रै सम्पूर्ण सहरको परीक्षण गरिनेछ । “ सहरका स्वास्थ्यकर्मी र अस्पतालहरूमा नयाँ भर्ना भएका समेत गरी झन्डै १,१४,८६२ जनाको कोरोनाभाइरस परीक्षणपछि नेगेटिभ नतिजा आइसकेको चिङ्डाओको स्वास्थ्य आयोगले जनाएको छ ।

नयाँ सङ्क्रमितहरू चीनमा सुनौलो साप्ताहिक छुट्टी भनिने अवकाशको समयपछि देखा परेका छन् जुन समयमा करोडौँ मानिसहरूले देशभरि यात्रा गरेका थिए ।

यसअघि वुहानमा १० दिनमा एक करोड १० लाख मानिसमा कोरोनाभाइरस परीक्षण गरिएको चीनले जनाएको छ ।

तथ्य परीक्षण एकाइ रीयालिटी चेकले गरेको अनुमान अनुसार त्यस बेला त्यसरी परीक्षण गरिएकाहरूको सङ्ख्या ९० लाख हुनुपर्छ । त्यो सङ्ख्या पनि निकै ठूलो मानिन्छ । त्यस बेला कोरोनाभाइरस परीक्षणका लागि सयौँ परीक्षण केन्द्रहरू खुला गरिएका थिए र हजारौँ कर्मचारीहरू परिचालित भएका थिए । शारीरिक अपाङ्गता भएका, वयोवृद्ध र अन्य जोखिमपूर्ण समूहमा पर्नेहरूलाई तिनका घरमा नै गएर परीक्षण गरिएको थियो । – विविसिबाट

  • प्रकाशित मिति : असोज २७, २०७७, मंगलवार ०२:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८