आश्विन–२७, २०७७
चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
सोमबार गरिएको परिक्षणमा चितवनका ३२ सहित ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र १९ पुरुष गरि २७ जना, रत्ननगरका २ पुरुष, खैरहनिका १ पुरुष, इच्छाकामनाका १ पुरुष, माडीका १ महिला, सर्लाहीका १ पुरुष र नवलपरासीका १ महिला समेत गरि ३४ जना र हेका छन । संक्रमितहरु १५ देखि ६६ बर्ष सम्मका रहेका छन ।
भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज ,पुष्पाञ्जली अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका २८६ नमुनाको परिक्षण गर्दा २५३ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ३४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८