• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

आज १४५३० नमुनाको परिक्षणमा ४०४७ संक्रमित थपिए

  • खवरदाता

आज १४५३० नमुनाको परिक्षणमा ४०४७ संक्रमित थपिए

आश्विन–२६, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १४ हजार ५३० नमुनाको परिक्षण गर्दा ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

आज १५६५ महिला र २४८२ पुरुष गरि ४ हजार ४७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३३ हजार ८८० रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १९ हजार ९५७ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै आज थपिएका मध्ये चितवनमा ७७ जना । काठमाण्डौं उपत्यकामा २२८३ मध्ये काठमाण्डौंमा १८८८ ललितपुरमा २७७ र भक्तपुरमा ११८ रहेका छन् । हाल देशभरमा २७९ आईसियुमा छन् भने ६७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा १४७३ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ७७ हजार २७७ पुगेको छ । यो ६९.१ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा २ महिला र ७ पुरुषगरि ९ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ६४५ पुग्यो ।

  • प्रकाशित मिति : असोज २६, २०७७, सोमवार ११:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८