• चैत ८, २०८१, शुक्रवार Friday, 21 March, 2025

सरकारि बैंक ,सरकारकै खिल्लि उडाउँदै

  • खबरदाता

सरकारि बैंक ,सरकारकै खिल्लि उडाउँदै

आस्विन- २६ ,२०७७

चितवन । कोरोनाबाट बच्न सरकारले कम्तिमा २ मिटरको भौतिक दुरी अनिवार्य गरेको छ । दिनप्रतिदिन कोरोना संक्रमित वढिरहनुको कारण आफूहरुले दिएको सुझाव नमान्नु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भनीरहेका छन । सरकारको एउटा निकायले उक्त आग्रह अनुरोध गरिरहदा सरकारकै अर्को निकाय भने बेखबर जस्तै छ ।

चितवनको चौबीसकोठिमा रहेको राष्ट्रिय वाणिज्य वैँकले भने सेवाग्राहीलाई कोरोना संक्रमणको उच्च जोखिम सृजना गरेर सेवा दिइरहेको छ । “सरकारी वैँक नै यति भद्रगोल छ । सेवा लिन आउँदा कोरोना लिएर घर फर्कने हो की भन्ने चिन्तामा छौँ ”पैसा राख्न लाइनमा बसेका भरतपुर यज्ञपुरीका छवि रिजालले भने ।

उरिजाल लाइनमा बसेको १ देखि ढेड घण्टा भयो पालो अझै आएको छैन । उनको अगाडि पछाडी एक वित्ताको फरकमा पनि सेवाग्राही छैनन । सरकारी वैँकले कम्तिमा व्यस्थित गरेर टोकन प्रणाली गर्नुपर्ने उनी लगायत अन्य सेवाग्राहीको भनाइ थियो । माइकिङ गरेर टोकन अनुसार बोलाइदिए सेवाग्राहीले आफै दुरी कायम गर्ने उनिहरुले बताए भनाइ थियो।
भौतिक दुरी भएन र कोरोनाको जोखिम भयो भनी गेटमा रहेका सरक्षा गार्डलाई सेवाग्राहीले भनेको भनेई थिए तर ती सुरक्षाकर्मीले के भनुन र ।

सर्वसाधरणको अत्यधिक भिड हुने उक्क्त बैँकले भोतिक दुरीको नाउँमा न मानिस उभिने कुनै संकेत बनाएको छ न भीड मिलाउने काम नै ।
गेटमा वसेका गार्डले भित्र प्रवेश गर्ने समय ज्वारो त नापेका छन् तर उनीहरु आफै जोखिममा काम गरिरहेका छन् । वैँक प्रशासनको यो हदसम्मको खेलवाडले दुवैलाई संक्रमणको जोखिममा धकेलेको छ ।

घण्टौँ लानमा वसेका सेवाग्राहीले कोरोनाको यो समय भौचर लगायत सामान्य सेवा कार्यालय वाहिर वसेर दुरी कायम सहित दिनुपर्ने बताए ।
वैँकको प्रशासननै निकम्मा रहेछ , चनौलीबाट आएका सुरज श्रेष्ठले भने , “भौचर मात्रै लिन आएको २ घण्टा भइसक्यो पालो आछैन । भौचर लगायतका आवश्यक सामाग्री त यही वाहिर राख्नुपर्छ नि । ” सवै कुरा लिन लाइनबाट जाँदा एउटा खाता खोल्न दिनभर लाग्ने उनको गुनासो थियो ।
वैँकको सेवा लिन आएको सेवाग्राही कोरोना लिएर घर फर्कने जोखिम वढेकोमा श्रेष्ठ निकै चिन्तित थिए।
भरतपुर २५ अमृत नगरबाट वैँकमा आएका शोभाकान्त भुषालले पोहोर भन्दा वढी भीड भएको बताउँदै कोरोनाको जोखिम भएको समय प्रशानले सजकता अपनाई सेवा दिनुपर्ने बताए।
वाणिज्य वैँकको गम्भीर लापार्वाहीले यसअघि पनि आफ्नै कर्मचारीमा कोरोना संक्रमण देखिएर केहि दिन बैंकनै वन्द गरेको थियो ।

चौविस कोटीमा रहेको शाखाले चाडपर्वको समय व्यवस्थापनमा जहिले लार्पावाही गर्ने गरेको गुनासो सधैँ आइरहेको हुन्छ । अझ अहिले कोरोनाको समय वैँक संचालन गर्नुपर्ने मापदण्डहरुको ठाडै उल्लंघन गरेर सेवाग्राहीलाई कोरोनाको संक्रमणमा धकेलिरहेको छ ।

यता सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहीले भने सुरक्षाका मापदण्ड पूर्ण पालना गर्न निर्देशन दिएको र सरकारी काम धेरै हुने भएकाले लाइन व्यवस्थापन सहित अन्य सहयोगका लागि प्रशासन तयार रहेको बताइसकेको बताउँछन । यति गर्दा पनि अटेर भएको भए आज आफूले वुझ्ने र थप व्यवस्थापन गर्ने उनको भनाइ थियो । हामीले भनेका छौँ , लाईन व्यवस्थापन गर्न आवश्यक सुरक्षाकर्मी आवश्यक परे उपलब्ध गराउनेछौँ ।”

  • प्रकाशित मिति : असोज २६, २०७७, सोमवार ०८:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८