• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

कोरोना भाइरस कुनै सतहमा २८ दिनसम्म बाँच्न सक्छ


कोरोना भाइरस कुनै सतहमा २८ दिनसम्म बाँच्न सक्छ

आश्विन–२६, २०७७

काठमाडौं । हालै अष्ट्रेलियामा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् ।
अष्ट्रेिलयाको नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा सार्क कोभ २ हामीले सोचेभन्दा बढी समय बाँच्ने तथ्य बाहिर ल्याएको छ ।

सो अध्ययन अँध्यारोमा गरिएको हो र सूर्यबाट आउने परावैजनिक किरण (अल्ट्र भ्वालेट) ले भने कोराना भाइरसलाई मार्न सक्ने तथ्य यस अघि नै बाहिर ल्याइएको थियो ।

केही वैज्ञानिकले भने यस्तो सतहमा रहेका भाइरसबाट मानिसको वास्तविक जीवनमा पर्न सक्ने जोखिमप्रति भने शंका व्यक्त गरेका छन् ।

कोरोना भाइरस धेरै जसो मानिसले खोक्दा, हाच्छिउँ गर्दा र कुरा गर्दा सर्ने गर्छ ।
विगतमा प्रयोगशालाहरुमा गरिएको अध्ययनले बैंक नोटमा दुईतीन दिनसम्म, स्टिल र प्लास्टिकमा छ दिनसम्म कोरोना भाइरस जिवित रहन सक्ने पाइएको थियो तर त्यो परीक्षणमा एकरुपाता भने थिएन ।

  • प्रकाशित मिति : असोज २६, २०७७, सोमवार ०३:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८