• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

चितवनमा ६ वर्षिय बालक सहित ५५ जनामा कोरोना पुष्टि

  • खवरदाता

चितवनमा ६ वर्षिय बालक सहित ५५ जनामा कोरोना पुष्टि

आश्विन–२६, २०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

आइतबार गरिएको परिक्षणमा चितवनका ४६ सहित ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका १६ महिला र १८ पुरुष गरि ३४ जना, रत्ननगरका ५ महिला १ पुरुष गरि ६ जना , राप्तीका १ पुरुष खैरहनिका ३ पुरुष र कालिकाका १ पुरुष र १ महिला समेत गरि चितवनका ४६ जना र हेका छन ।

यस्तै अन्य संक्रमीत हुनेहरुमा देबघाटका १ पुरुष ,हेटौंडाका १ पुरुष ,सर्लाहीका १ महिला र पर्साका ६ पुरुष समेत गरि ५५ जना रहेका छन । संक्रमितहरु ६ बर्ष देखि ७१ बर्ष सम्मका रहेकोका छन ।

भरतपुर अस्पताल ,पुरानो मेडिकल कलेज ,पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका ३२५ नमुनाको परिक्षण गर्दा १८० नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ५५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ््नो रिपोर्टमा उल्लेख गरेको छ ।

  • प्रकाशित मिति : असोज २६, २०७७, सोमवार ०२:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८