आश्विन–२६, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मरिरहेको समय हात्तीको पनि मृत्यु भएको छ ।
बेलशहर पोष्टमा रहेको वर्ष १९ को विक्रम प्रसाद नामको हात्ती मरेको हो । बच्चा उमेर देखि नै बिरामी रहेको विक्रम प्रसादमा क्षय रोगको समेत संक्रमण रहेको निकुञ्जका सुचना अधिकारी अशोक रामले जानकारी दिए।
तीन दिन अगाडि अकस्मात बिरामी परेको हात्तीको उपचार जारी थियो हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार उक्त मृत हात्तीको पूजापाठ गरि अन्त्येष्टि गरिएको उनले जानकारी दिनुभयो । यो सहित चालु आर्थिक वर्ष ०७७÷०७८ मा चितवन राष्ट्रिय निकुञ्जका ३ वटा हात्तीको मृत्यु भइसकेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८