[ फाेटाे : Hospital staff carry the body of a person who died of COVID-19 to a morgue in Mumbai, India, Friday, May 29, 2020. Most of the over 150,000 cases are concentrated in five of Indias 28 states, though an increase in cases has also been reported in some eastern states as migrant workers have begun arriving home from big cities on special trains. (AP Photo/Rajanish Kakade) ]
आश्विन–२५, २०७७
चितवन । कोरोना संक्रमणका कारण भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ ।
उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको हो । तामाङलाई उच्चज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा १६ गते कोरोना पुष्टि भएको थियो ।
मधुमेह, उच्च रक्तचापको समस्या रहेको कारण उनलाई अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारगर्दा गर्दै आज आईतवार मृत्यु भएको हो ।
उनको निधनमा भरतपुर महानगरपालिकाले गहिरो दुःखव्यक्त गरेको छ । चितवन जिल्लामा कोरोना संक्रमणबाट पहिलो पटक जनप्रतिनिधिको मृत्यु भएको हो ।
तीन वर्षअघि भएको स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका तामाङ भरतपुर महानगरपालिका वडा नम्बर २० को अध्यक्षमा निर्वाचित भएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८