आश्विन–२५, २०७७
चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ४२७ नमुनाको परिक्षण गर्दा २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन् ।
आज ७०२ महिला र १३६९ पुरुष गरि २ हजार ७१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३१ हजार ३१५ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १७ हजार ६६६ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
यस्तै आज थपिएका मध्ये चितवनमा ३ जना । काठमाण्डौं उपत्यकामा १४१६ मध्ये काठमाण्डौंमा ११४५ ललितपुरमा १६१ र भक्तपुरमा ११० रहेका छन् ।
पछिल्लो २४ घण्टामा १५५२ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ७५ हजार ८०४ पुगेको छ । यो ७०.४ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा ५ महिला र १७ पुरुषगरि २२ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ६३६ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८