• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

  • खवरदाता

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

आश्विन–२५, २०७७

चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर १० बस्ने ७५ वर्षकी महिना रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ । श्वासप्रश्वासमा समस्या भई यही असोज २२ गते भर्ना भएकी उनमा सोही दिन कोरोना संक्रमण पुष्टी भएको थियो । सघन उपचार कक्षमा उपचार भइरहेको ती वृद्धाको आज आईतवार विहान ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुने वृद्धामा उच्च रक्तचाप, मधुमेह र दमको समेत समस्या रहेको थियो ।

शनिवार मात्रै चितवन मेडिकल कलेजमा उपचार गराइरहेका २ जना र भरतपुर अस्पतालमा उपचार गराइरहेका अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

  • प्रकाशित मिति : असोज २५, २०७७, आइतवार ०५:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८