• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

माग सम्बोधननै नगरी डा. केसीलाई अनशन तोड्न सरकारको दवाव

  • खवरदाता

माग सम्बोधननै नगरी डा. केसीलाई अनशन तोड्न सरकारको दवाव

आश्विन–२४, २०७७

काठमाडौं । सरकारले आमरण अनशनरत डा गोविन्द केसीको मागलाइ सम्बोधन गर्नबाट पन्छिन खोजेको छ । लाजगाजले वार्तामा बसेको सरकारले उनले उठाएको मागका विषयमा कुनै सुनुवाइ नगरिकनै एकपक्षिय रूपमा अनशन अन्त्य गर्न आग्रह गर्नुले स्पष्ट भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले मुलुक कोरोनाले आक्रन्त रहेको बेला अनशन अन्त्य गर्न अनुरोध गरेका हुन् । शुक्रबार अबेर सकिएको वार्ताको बारेमा जानकारी गराउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित सरकारी वार्ता टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए ।्र

प्रधानमन्त्रीलाइ वार्ता अड्किएको विषयमा जानकारी गराउने वित्तिकै उनीबाट ग्रीन सिग्नल नपाएपछि सरकारी पक्षवाट विज्ञप्ति आएको हो । डा. केसीलाई सरकारले तेस्रोपटक अनशन वार्ताका क्रममा केसीका मागबारे सरकारको धारणा स्पष्ट पारिएको मैनालीले बताए । सरकारी पक्षले डा केसीले उठाएको विषयलाइ कार्यान्वयन गर्ने प्रतिबद्भता जनाउँला भन्दा आफूहरूले गरिरहेको कामको बारेमा विज्ञप्तिमा उल्लेख गरेको छ ।

चिकित्सा शिक्षा ऐन, नियमावली जारी भईसकेको, चिकित्सा शिक्षा आयोग बनेर एकीकृत प्रवेश परीक्षा, सिट निर्धारण, एकीकृत शैक्षिकसत्र र सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति लगायत नियमन सम्बन्धि व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । सरकारी पक्षबाट आएको विज्ञप्ति हेर्दा वार्ता टरेको हो कि भन्ने देखिएको छ ।

  • प्रकाशित मिति : असोज २४, २०७७, शनिवार १२:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८