आश्विन–२४, २०७७
चितवन । पछिल्लो २४ घण्टामा १९ हजार ३२० नमुनाको परिक्षण गर्दा ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् ।
आज १८२३ महिला र ३१८५ पुरुष गरि ५००८ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ३० हजार ८१८ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १७ हजार १६४ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
यस्तै आज थपिएका मध्ये चितवनमा १४७ जना । काठमाण्डौं उपत्यकामा २६७२ मध्ये काठमाण्डौंमा २१०० ललितपुरमा ३६९ र भक्तपुरमा २०३ रहेका छन् ।
पछिल्लो २४ घण्टामा १२२९ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ७४ हजार २५२ पुगेको छ । यो ७०.२ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा २ महिला र १२ पुरुषगरि १४ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ६१४ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८