• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

स्तन क्यान्सरबारे सचेतना फैलाउँदै लायन्स क्लव

  • खवरदाता

स्तन क्यान्सरबारे सचेतना फैलाउँदै लायन्स क्लव

आश्विन–२४, २०७७

चितवन । बढ्दो स्तन क्यान्सर न्युनिकरणका लागि लायन्स क्लबले स्तन क्यान्सरबारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । मानविय तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आईरहेका लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर सम्वृद्धिले शनिबार भरतपुर १० र ११ मा स्तन क्यान्सरबारे चेतनामुलक कार्यक्रम गरेका हो ।

अक्टोबर महिनालाई संसारभरी नै स्तन क्यान्सरबारे सचेतना महिनाका रुपमा समेत मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २१ लाख भन्दा वढि स्तन क्यान्सरका नयाँ बिरामी थपिन्छन् भने यसका कारण ६ लाख बढिको मुत्यु हुने गरेको छ । नेपालमा स्तन क्यान्सरका हरेक बर्ष २१ सय वढि नयाँ बिरामी थपिने गरेको पाईएको विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका सर्जन डा.गंगा सापकोटाले जानकारी दिए ।

वातावरणीय प्रभाव र खानपानका कारण अधिकांशमा क्यान्सर शुरु हुने उनको भनाई छ । उनका अनुसार नियमित परिक्षण गरेमा ९० प्रतिशत क्यान्सर पत्ता लगाउन सकिने र शुरुको चरणमा उपचार गर्न सके क्यान्सर निको पनि हुने गर्दछ ।
१२ वर्ष भन्दा कम उमेरमा महिनावारी शुरु भएका, लामो समय सम्म महिनावारी भईरहेमा, पहिलो सन्तान ढिलो गरी जन्माएमा, बच्चालाई कम स्तनपान गराएमा स्तन क्यान्सरको सम्भावना बढि हुने डा. सापकोटाले बताउछन् । मदिरा तथा धुम्रपान गर्ने महिलाहरुमा अझ बढि स्तन क्यान्सरको सम्भावना हुने डा. सापकोटाले बताएका हुन ।

डा. सापकोटाका अनुसार क्सान्सरबारे सामान्य ख्याल राखेमा पहिलो चरणमा स्वयम् व्यक्तिले समेत पत्ता लागउन सक्ने र यसलाई रोक्न समेत सकिन्छ । महिनावारी भएको ५ दिन भित्रमा स्तनको स्वरुप परिवर्तन भएमा, स्तनको मुन्टोबाट रातो कालो पानी बगेमा, स्तनको मुन्टोको आकार बदलिएमा वा गडेको पाईएमा, स्तनको छालामा घाउ आएमा वा स्तन तथा काखीमा गाठा गुठि आएमा स्वास्थ्यकर्मीहरुसँग तुरुन्त भेट्न उनले आग्रह गरे । यस्ता समस्या पुरुषमा समेत देखिन सक्ने उनको भनाई छ । तर सबै गाठा गुठि क्यान्सर भने नहुने उनि बताउछन् ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेनल डिष्ट्रिक ३२५ बि २ का सिनियर लायन्सहरु, एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डित, एरिया सचिव पूर्णप्रसाद शर्मा, आयोजक क्लबका पदाधिकारी तथा सर्बसाधरणको उपस्थिती रहेको थियो ।

  • प्रकाशित मिति : असोज २४, २०७७, शनिवार ०८:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८