आश्विन–२४, २०७७
चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ६८ पुरुष र ४६ महिला गरि थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३७ पुरुष र २६ महिला गरि ६३ जना, रत्ननगरका १२ पुरुष र ६ महिला गरि १८ जना ,खैरहनिका ७ पुरुष १ महिला गरि ८ जना, राप्तीका ४ महिला, कालिकाका १ महिला र माडीका १ महिलागरि चितवनका मात्रै ९५ जना रहेका छन ।
अन्य संक्रमित हुनेहरुमा नवलपुरका ६ पुरुष २ महिलागरि ८ जना, काठमाण्डौंका १ पुरुष, तनहुँका १ पुरुष, रुपन्देहीका १ महिला, दाङका १ पुरुष, पर्साका १ पुरुष १ महिला, मकवानपुरका १ पुरुष २ महिला र सर्लाहीका १ महिला समेतगरि जम्मा ११४ जना रहेका छन ।
संक्रमितहरु ८ देखि ८५ बर्ष सम्मका रहेका छन् । परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ ।
शुक्रवार परिक्षण गरिएका ४७० वटा नमूना मध्ये ३५६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ११४ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८