• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

राप्ती नगरपालिकको विकास खर्च ६७ प्रतिशत

  • खवरदाता

राप्ती नगरपालिकको विकास खर्च ६७ प्रतिशत

आश्विन–२४,२०७७

चितवन । चितवनको राप्ती नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा ६७ दशमलव ४० प्रतिशत विकास खर्च गरेको छ । नगरपालिकाको सम्पन्न बार्षिक समिक्षा कार्यक्रममा जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत गंगा वहादुर भुजेलले गत आवमा ४९ करोड ९१ लख १३ हजार ४४० विकास बजेट विनियोजन भएकोमा ६७ दशमलव ४० प्रतिशत अर्थात ३३ करोड ६४ लाख ३४ हजार खर्च भएको बताए ।

त्यस्तै चालु खर्च तर्फ ४९ करोड १० लाख १३ हजार बजेट विनियोजन भएकोमा ७८ दशमलव ४० प्रतिशत अर्थात ३८ करोड ४९ लाख ७६ हजार ३७० रुपैया खर्च गर्न सकेको उनको भनाई छ । नगर प्रमुख प्रभा बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भुजेलले समिक्षा प्रतिवेदन पेश गरेका थिए । उनले ८३ दशमलव ८१ वित्तीय प्रगति गर्न सफल भएको समेत बताए। १ अर्व १८ करोड ३८ लाख ३८ हजार ३७१ रुपैया आम्दानी गर्ने अनुमान गरेपनि १ अर्व ७ करोड २ लाख ८३ हजार मात्रै आम्दानी भएको र ८९ करोड ७० लाख रुपैया ८ हजार खर्च भएको उनले बताए ।

कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्यहरु, सल्लाहकार विज्ञहरु, राजनैतिक पार्टीका प्रतिनिधिहरु, शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । लेखा प्रमुख गोपाल तिवारीले वित्तिय आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नगरपालिकाले २ किलोमिटर सडक कालोपत्रे गरेको छ भने ३ किलोमिटर ४ सय मिटर नयाँ बाटो तथा रोड चौडा पारेको छ । कुल ६७ जना कर्मचारीको दरवन्दी स्वीकृत भएपनि २१ जनाको पदपूर्ति हुन सकेको छैन भने नगरतर्फ २९, वडातर्फ २० गरी ४९ जना स्थायी कर्मचारी रहेको नगरपालिकामा ३२ जना करारमा कार्यरत रहेका छन् । त्यस्तै २८ वटा घर बनाएर विपन्नलाई हस्तान्तरण गरिएको छ भने ४१ वटा सार्वजनिक भवन र शौचालय बनेका छन् ।

  • प्रकाशित मिति : असोज २४, २०७७, शनिवार ०१:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८