• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

चितवनमा थप ३५ जना कोरोना संक्रमण देखियो

  • खवरदाता

चितवनमा थप ३५ जना कोरोना संक्रमण देखियो

आश्विन–२४, २०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

शुक्रबार गरिएको परिक्षणमा चितवनका ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र ९ पुरुष गरि १७ जना, रत्ननगरका ४ पुरुष २ महिला गरि ६ जना, राप्तीका ४ पुरुष १ महिला गरि ५ जना, खैरहनिका १ महिला ,इच्छाकामनाका २ महिला र माडिका २ पुरुष र २ महिला समेत गरि ३५ जना रहेका छन । संक्रमितहरु ९ देखि ६९ बर्ष सम्मका रहेका छन ।

भरतपुर अस्पताल ,पुरानो मेडिकल कलेज, ॐ अस्पताल ,पुष्पाञ्जली अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका २८९ नमुनाको परिक्षण गर्दा २५४ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ३५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

  • प्रकाशित मिति : असोज २४, २०७७, शनिवार ००:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८