• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

संक्रमित आईसोलेशन नबसे ६ महिना जेल

  • खवरदाता

संक्रमित आईसोलेशन नबसे ६ महिना जेल

आश्विन–२३, २०७७

चितवन । कोरोना भाईरस संक्रमण पुष्टि भएका व्यक्तिहरु आईसोलेशनमा नबसे सरकारले कार्वाही गर्ने भएको छ ।

शुक्रवार प्रस्तुत गरिएको प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ मनत्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उक्त कुरा बताएका हुन । गौतमले भने– अहिले केहि संक्रमितहरु होम आईसोलेसन बस्ने नाउँमा यत्रतत्र हिडिरहेको भन्ने सूचना हामीलाई आएको छ । यसरी संक्रमित आईसोलेसन नबसी अन्यत्र हिड्दा कोरोना भाईरस संक्रमणको जोखिमपनि अत्याधिक बढ्ने भएकाले त्यसो नर्गन उनले अनुरोध समेत गरेका छन् ।

उनले भनेका छन् त्यसरी आईसोलेसन नबसी जथाभावी हिडेमा संक्रामक रोग ऐन अन्र्तगत ६ महिना सम्म जेल बस्नुपर्ने हुनसक्छ । हामीले गृह मन्त्रालय अन्र्तगत प्रहरी प्रशासनलाई पनि अनुरोध गरिसकेका छौ । त्यस्ता व्यक्तिहरुको निगरानीगरि कार्वाहि गरियोस भनेर ।

देशमा आज शुक्रवार सम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ । जसमध्ये होम आईसोलेनमा मात्र १५ हजार ८७७ रहेका छन् ।

  • प्रकाशित मिति : असोज २३, २०७७, शुक्रवार ११:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८