• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

शुक्रवार २०५९ संक्रमित थपिए, मृत्युहुनेको संख्या ६ सय पुग्यो

  • खवरदाता

शुक्रवार २०५९ संक्रमित थपिए, मृत्युहुनेको संख्या ६ सय पुग्यो

आश्विन–२३, २०७७

चितवन । पछिल्लो २४ घण्टामा १३ हजार २७९ नमुनाको परिक्षण गर्दा २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ७३२ महिला र १३२७ पुरुष गरि २०५९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २७ हजार ५३ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १५ हजार ८७७ रहेको छ भने संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

यस्तै आज थपिएका मध्ये चितवनमा ५१ जना । काठमाण्डौं उपत्यकामा १४०९ मध्ये काठमाण्डौंमा १११६ ललितपुरमा १६३ र भक्तपुरमा १३० रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६८० जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ७३ हजार २३ पुगेको छ । यो ७२.५ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १ महिला र ९ पुरुषगरि १० जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ६०० पुग्यो ।

  • प्रकाशित मिति : असोज २३, २०७७, शुक्रवार १०:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८