• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

डा. केसीपक्षसंगको वार्ता आज सफल होला ?

  • खवरदाता

डा. केसीपक्षसंगको वार्ता आज सफल होला ?

आश्विन–२३, २०७७

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकार र डा केसीका प्रतिनिधिबीच आज शुक्रवार पुनः वार्ता हुँदैछ । हिजो करिब १० घण्टासम्म भएको वार्तामा डिन बर्खास्तीको विषयमा आएर अड्किएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा.दिव्यासिंह शाह र निर्देशक डा.दिनेश काफ््लेको बर्खास्ती सम्बन्धी विषयका कारण निष्कर्ष पुग्न सकेको थिएन ।

यद्यपी दुबै पक्षले वार्ता सकारात्मक भएको जनाएका छन् । डा केसीले राखेका ६ बुँदे मागमा आईओएममा वरिष्ठता मिचेर गरिएको नियुक्ति सच्याउनुपर्नेमा विषेश जोडदिइएको छ ।

वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा छन् ।

यस्तै डा केसीको तर्फबाट उनका प्रतिनिधिहरु डाक्टर जीवन क्षेत्री, डाक्टर अञ्जनी कुमार झा, डाक्टर लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल सहभागी छन् ।

उक्त टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा कार्की सहभागी छन् ।चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए । यो उनको १९ औँ अनशन हो ।

  • प्रकाशित मिति : असोज २३, २०७७, शुक्रवार ०३:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८