• चैत ६, २०७९, सोमवार Monday, 20 March, 2023
centreal college

फिचर लेखन पुरस्कार पत्रकार रानाभाटलाई

  • खवरदाता

फिचर लेखन पुरस्कार पत्रकार रानाभाटलाई

आश्विन–२३, २०७७

चितवन । नवलपुरको कावासोतीबाट प्रकाशित हुने नमुना सन्देश साप्ताहिकले आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ ।

पाँचौं वर्ष लागेको अवसरमा पत्रिकाले गण्डकी प्रदेश स्तरीय फिचर लेखन प्रतियोगिता २०७७ समेत आयोजना गरेको थियो । पत्रिकाका प्रकाशक भविश्वर पाण्डेले कलम चलाउने पत्रकारलाई थप सृजनशील गराउन अहीलेको वर्षदेखि नै हरेक वर्ष रु १० हजार पुरस्कार राशीको फिचर लेखन प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गरेका छन् ।

यस वर्षको फिचर लेखन प्रतियोगितामा उत्कृष्ट हुन सफल नवलपुरका क्रियाशिल पत्रकार डोलराज रानाभाटलाई रु. १० हजार नगद सहित दोसल्ला र प्रमाण पत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष दिपक भट्टराइले यो विषम परिस्थितीमा पनि फिचर लेखन सहितको कार्यक्रम आयोजना गर्न सफल भएकोमा बधाई दिँदै पत्रिकाको थप प्रगतिको कामना गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले कोभिड–१९ जस्तो विषम परिस्थितीमा पनि अहिलेसम्मकै नयाँ तरिकाबाट कार्यक्रम गर्न सफल भएको भन्दै मिडिया क्षेत्र बचाउन स्थानीय देखि केन्द्र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

  • प्रकाशित मिति : असोज २३, २०७७, शुक्रवार ०२:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८