नारायणी नदीमा शब फेला

  • खवरदाता
  • असोज २३, २०७७

आश्विन–२३, २०७७

कावासोती । नवलपुरको कावासोती नगरपालिका १२ पिठौलीको रुदैली गैरीमा एक शव फेला परेको छ ।

नारायणी नदीमा वर्ष अन्दाजी ३०÷३५ वर्षीय पुरुषको विहिवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी मोहन खाँणले जानकारी दिए । प्रहरीले मृतकको घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव परीक्षणको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको र मृतकको सनाखत हुन नसकेको खाँणले बताए ।

फोटो हेरी पहिचान गर्नेहरुले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को फोन ०७८–५४०१०० र ९८५७०९०३४४ मा जानकारी गराउन प्रहरीले अुनरोध समेत गरेको छ ।

  • खवरदाता
  • प्रकाशित मिति:असोज २३, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८