• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नेकपाले गोबिन्द केसीप्रति ऐक्यद्धता जनायो, स्थिति नाजुक


नेकपाले गोबिन्द केसीप्रति ऐक्यद्धता जनायो, स्थिति नाजुक

आश्विन–२२, २०७७

विहिवार दिउँसो नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सह संयोजक लोकनारायण सुबेदी र केन्द्रिय सचिवालय सदस्य रत्नप्रसाद जोशी शिक्षण अस्पताल पुगेर डा.गोबिन्द केसीको स्थितिबारे जानकारी लिनुका साथै उनले राखेका न्यायोचित माग पूरा गरी डा.केसीका नाजुक स्वास्थ्यको रक्षा गर्न जोडदार माग गर्दै उनँको अनशन आन्दोलनप्रति ऐक्यबद्धा जनाएको छ ।

त्यस अबसरमा डा. केसीकै आन्दोलनकी अभियन्ता र उनको हेरचाह गरिरहेकी डा. कार्कीले डा. केसीको स्थिती निकै नाजुक बनेको, दुइ दिनदेखि कसैलाई भेटघाट गर्न पनि नदिइएको र आजै विहिवार बिहान ११ बजेदेखि शिक्षा मन्त्रालयमा सरकारी टोलीसँग डा. गोबिन्द केसीको टोलीका बीच बार्ता शुरु भएको जानकारी पनि दिएकी थिइन् ।

सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डाक्टर गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बुधवार गठन गरिएको थियो ।

सरकारले अनसन स्थगत गर्न डाक्टर केसीलाई आग्रह गरे पनि उनले माग पूरा नभई अनसन नतोड्ने अडान लिएका छन् । विभिन्न ६ बुँदे माग राखेर प्रा डा केसी गत २५ दिनदेखि अनसन बसेका छन् ।

जुम्लाबाट अनशन शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् । उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गइरहेको छ ।

  • प्रकाशित मिति : असोज २२, २०७७, बिहीवार ११:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८