आश्विन–२२, २०७७
चितवन । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ नमुनाको परिक्षण गर्दा ४ हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज १५६१ महिला र २८०३ पुरुष गरि ४३६४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २६ हजार ६८४ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १४ हजार ९६७ रहेको छ भने संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
यस्तै आज थपिएका मध्ये चितवनमा ६९ जना । काठमाण्डौं उपत्यकामा २५४० मध्ये काठमाण्डौंमा २०८५ ललितपुरमा ३२० र भक्तपुरमा १३५ रहेका छन् ।
पछिल्लो २४ घण्टामा २६७५ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ७१ हजार ३४३ पुगेको छ । यो ७२.३ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा ४ महिला र ८ पुरुषगरि १२ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ५९० पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८