• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

प्रदेश सरकारले दियो धु्र्मुस सुन्तली फाउण्डेशनलाई तीन करोड

  • खवरदाता

प्रदेश सरकारले दियो धु्र्मुस सुन्तली फाउण्डेशनलाई तीन करोड

आश्विन–२१, २०७७

चितवन । चितवनमा तिव्र रुपमा निर्माणाधीन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाका लागि बाग्मती प्रदेश सरकारले बुधवार ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

रामपुरमा २३३ जना जनशक्तिद्धारा निर्माण जारी रहेको रंगशालाका लागि बुधवार मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोड रकमको चेक हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले रंगशाला निर्माण तीव्र गतिमा भएको भन्दै खुसी समेत व्यक्त गरेका थिए ।

सरकारले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता समेत उनले जनाए । कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले फेरीपनि सरकारका तर्फबाट सहयोग हुने बताए । परिकल्पना अनुसार सफलता लागि शुभकामना दिँदै फाउण्डेसनलाई चुनौती पन्छाएर अगाडि बढ्न सुझाव दिए ।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिए । उनले बजारमा ७ करोड तिर्न वाँकी हुँदापनि हिम्मत नहारी काम तिव्र बनाइरहेको बताए ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर विक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले लगायत सहभागी थिए ।

  • प्रकाशित मिति : असोज २१, २०७७, बुधवार १२:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८