आश्विन–२१, २०७७
चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषकोे मृत्यु भएको छ ।
खोकी र श्वासप्रश्वासबाट समस्या भइ असोज २० गते अस्पतालमा भर्ना भएका भरतपुर १ का ९२ वर्षिय वृद्धको २१ गते दिउँसो २ वजेर १३ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
निजमा लामो समयदेखि दम तथा उक्त रक्तचापको समस्या रहेको थियो । दुई दिन अघिमात्रै मृतकमा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८