• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

सिएमसीको प्रयोगशालामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

  • खवरदाता

सिएमसीको प्रयोगशालामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन–२१ ,२०७७

चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ५३ पुरुष र २५ महिला गरि थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २२ पुरुष र १५ महिला गरि ३७ जना, रत्ननगरका २ पुरुष, खैरहनिका २ पुरुष २ महिला गरि ४ जना, कालिकाका १ पुरुष, राप्तीका ३ पुरुष र १ महिला ४ जना समेतगरि चितवनका ४८ जना रहेका छन ।

अन्य संक्रमित हुनेहरुमा गैडाकोटका ७ पुरुष ३ महिलागरि १० जना, कावासोती,मध्यबिन्दु, देबचुलि, लमजुङ, कास्की, बाराका १/१ पुरुष गरि ६ जना, तनहुँ १ पुरुष १ महिला, रुपन्देही १ पुरुष १ महिला समेत गरि जम्मा ७८ जना रहेका छन ।

संक्रमितहरु ३ देखि ८५ बर्ष सम्मका रहेका छन ।

परिक्षण गरिएका नमुनाहरु सबै सिएमसि स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ ।

मंगलबार परिक्षण गरिएका २८२ वटा नमूना मध्ये २०४ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ७८ वटा नमुनाको पोजेटिभ आएको हो ।

  • प्रकाशित मिति : असोज २१, २०७७, बुधवार ००:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८