• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनको कालिका नगरपालिकामा ७० प्रतिशत संक्रमित निको भए

  • खवरदाता

चितवनको कालिका नगरपालिकामा ७० प्रतिशत संक्रमित निको भए

आश्विन–१८, २०७७

चितवन । चितवनको कालिका नगरपालिकाका ७० प्रतिशत कोरोना संक्रमित निको भएका छन् ।

७४ जना संक्रमति मध्य ५२ जना कोरोना मुक्त भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको तथ्याङ्क अनुसार अहिले २१ जना मात्रै उपचाररत छन् भने १ जनाको मृत्यु भएको छ । उपचाररत २१ जनामध्य होमआइसोलेसनमा वस्ने धेरै छन् । हालसम्म १५ जना होम आइसोलेसनमा छन् भने भरतपुर अस्पताल, रत्ननगर अस्पताल र चितवन मेडिकल कलेजमा २÷२ जनाले स्वास्थ्य लाभ लिइरहेका छन ।

नगरपालिकामा २० देखि २९ वर्ष भित्रका नगरवासीमा कोरोनाको संक्रमण धेरै देखा परेको छ । यो युवा उमेरको सक्रिय अवस्था पनि हो । यही अवस्थामा कोरोनाले अधिक संक्रमण गरेको तथ्याङ्क रहेको छ । जसमा पुरुष भन्दा महिला २ जनाले धेरै छन् ।

पुरुष १० र महिला १२ जना गरी २२ संक्रमित छन् । त्यसपछि दोस्रो वढि संक्रमित ३० देखि ३९ वर्ष समूहका रहेका छन् । यो सख्या ५ महिला र ९ पुरुष गरी १४ रहेको छ । सवै भन्दा कम ६० वर्ष माथिका नगरवासीमा संक्रमण भएको छ जसमा १ जना पुरुष मात्रै रहेका छन् । अन्य उमेर समुहमा ४० देखि ४९ वर्षभित्रका ९ जना पुरुष र ३ जना महिला गरी १२ जना, ५० देखि ५९ वर्षभित्रका ६ जना पुरुष र ५ जना महिला गरी ११ जनामा हालसम्म संक्रमण पुष्टी भएको छ ।

कोरोनाबाट बालवालिका पनि प्रभावित छन् । जहाँ ९ वर्ष सम्मका ४ जना बालक र १ जना वालिका गरी ५ जनामा कोरोनाको संक्रमण देखा परेको स्वास्थ्य शाखाले जानकारी दिएको छ । त्यस्तै १० वर्ष देखि १९ वर्षसम्मका ६ जना पुरुष र ३ जना महिला गरी ९ जनामा कोरोनाले आक्रमण गरेको छ ।

भदौ महिनामा धेरै संक्रमित

कालिका नगरपालिकामा जेठ २८ मा मात्रै संक्रमण देखा परेको हो । नेपालमा पहिलो पटक २०७६ माघ १० गते चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि फेरि दोस्रो संक्रमित चैत्र १० गते १९ वर्षीय युवतीमा भाइरस रहेको पुष्टी पछि सरकारले चैत्र ११ देखि अत्यावश्यक सेवा वाहेकका अन्य सबै वन्द हुने गरी लकडाउनको घोषणा गरेको थियो ।

चितवन जिल्लामा जेठ महिनामा नै संक्रमण फेला परेको थियो । जेठ २८ मा एक जनालाई मात्रै संक्रमण देखा परेको नगरपालिकामा भाद्र २९ गते सवै भन्दा धेरै एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जेठ २८ मा पहिलो संक्रमित देखिएतापनि दोस्रो संक्रमित देखिन असार १० पर्खनुपरेको थियो । यो दिन पनि १ जनामा मात्रै संक्रमण पुष्टी भएको थियो । त्यसपछि जेठ मा १ जना, असारमा ४ जना, भदौमा ४८ जनामा संक्रमण देखिएको थियो भने असोज १७ सम्म २२ जनामा संक्रमण पुष्टी भएको थियो ।

असोज १७ गते जम्मा १ जनामा संक्रमण पुष्टी भएको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको वडानम्वर १ मा ४ जना, २ मा ६ जना, ३ मा ३ जना, ४ मा १ जना, ५ मा ५ जना, ६ मा ४ जना, ७ मा ७ जना, ८ र ९ मा जम्मा २२ जना संक्रमित छन । नगरपालिकाभित्र ५४ हजार ९२ जना जनसंख्या रहेकोमा त्यसको १ प्रतिशतमा मात्रै आरटी पीसीआर परीक्षण भएको छ । असोज १७ गते बेलुका ५ बजेसम्म जम्मा ७५१ जनाको मात्रै आरटी पीसीआर भएको छ ।

परीक्षणको १० प्रतिशत कमलाई मात्रै कोरोना संक्रमण पुष्टी भएको छ अर्थात हालसम्म ४४ महिला र ३० पुरुष गरी ७४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कुल परीक्षणको ९० प्रतिशत नगरवासीमा कोरोना नेगेटिभ आएको छ । हालसम्म ४ वटा क्वारेन्टीनमा वसेका २१४ जना घर गइसकेका छन् भने अहिले जम्मा ३ जना छन् ।

  • प्रकाशित मिति : असोज १८, २०७७, आइतवार ०३:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८