आश्विन–१८, २०७७
चितवन । चितवनको माडीमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ ।
माडी नगरपालिका ६ कल्याणपुरमा मध्यवर्ती क्षेत्रभित्र राखिएको सोलार फेन्सको करेन्ट लाग्दा माडी ६ बसन्तपुरका ६० वर्षीय सुकदेव महतोको ज्यान गएको माडीका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिए ।
रातिको १२ बजेतिर बाली खान आएको गैंडा धपाउन ४ जनाको समुह गएको र फर्कनेक्रममा करेन्ट लागेर ढलेका महतोको थप उपचारका लागि अस्पताल लैजादै गर्दा राती करीब ३ बजे बाटोमै मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ भने सो घटनाको अनुसन्धान भइरहेको जनाईएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८