• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

ब्रोइलर चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने पक्राउ

  • संबाददाता

ब्रोइलर चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने पक्राउ

आश्विन–१३,२०७७

काठमाडौं । ब्रोइलर कुखुराका चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको कंलकीमा नक्कली लोकल कुखुराको बिगबिगि मच्चिए पछि प्रहरीले सो विषयमा अनुसन्धान सुरु गरेको थियो । बोईलर कुखुराको चल्लालाई कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगोमा विक्री गर्ने समूह सक्रिय भएपछि कंलकी र काठमाण्डौं क्षेत्रमा यस्तो बिगबिगी मच्चिएको पाइएको हो ।

यसरी बोईलर कुखुरालाई मेहँन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग लगाउँदै लोकल बनाउँदै बिक्री गर्दै आएका भारती नागरिकहरूलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको छ ।
सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कंलकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान,सुनिता जैसवाल,चन्दा देवी शाहलाई कालीमाटी बृत्तले पक्राउ गरेका छ ।

करिव अन्दाजी २० हजार गोटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी अपिल राज बोहराले बताए । प्रहरीले कुल २८ हजार ६ सय चल्ला बरामद गरेको छ । जस मध्ये ३ हजार ६ सय ५० चल्लामा कलर गरिएको हो । बोईलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा विक्रि हुदो रहेछ त्यहि भएर चल्ला ल्याउँदै महङ्गोमा बिक्री गरिहेको पाइयो, उनले भने ।

उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्रमा लोकल,गिरिराज,कोईलर भन्दै १० रूपैयाँमा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म विक्रि वितरण गर्दै आईरहेका थिए ।

  • प्रकाशित मिति : असोज १३, २०७७, मंगलवार ०८:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८