आश्विन–१२,२०७७
चितवन । पोहोरको वर्ष विश्व पर्यटन दिवस तामझामका साथ मनाएको स्मरण अहिले पनि ताजै रहेको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइ भन्छन विगतमा हवाई मार्गबाट भरतपुर विमानस्थलमा आएका र स्थलमार्गबाट सौराहामा ओर्लिएका पर्यटकहरुलाई फूलमाला अविर र बाजागाजा सहित स्वागत गरी भव्य रुपमा मनाउदा मनमा छुट्टै रौनक अनि उत्साह हुन्थ्यो व्यवसायीलाई ।
तर यो वर्षको पर्यटन दिवस कोरोनाभाइरससगै लागेको लकडाउनले सृजना गरेको गुनासै गुनासो पोखेर सकिएको छ । त्यो पनि खुल्ला ठाउँमा नभइ एउटा सानो कोठा र निश्चित व्यक्तिहरु वीच सीमित रहेर । अध्यक्ष भट्टराई भन्नछन “ हामी दुई देखि तीन वटा ग्रुप वनाएर एयरपोर्ट जान्थेउ र त्यहाँ आएका पर्यटकलाई विशेष सम्मान सहित सौराहा भित्राउँथ्यौँ । कल्पना सम्म गरेका थिएनौँ की कोठामा सीमित हुन्छौँ र सौराहा खुल्ला छ भनेर प्रचारप्रसार गर्नुपर्ने छ भनेर, तर यस्ता दिन आए आज ,कहिले नसुत्ने सौराहा ब्युझाउन खोजेको संदेश दिन प्रयत्न गर्नु पर्दैछ ।”
होटल ल्याण्डमार्कमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने यो वर्ष होटल सरसफाई र संरचना थप साथै मर्मतमा विते । सन् २०२१ मा पर्याप्त मात्रामा प्रचारप्रसार गर्ने र सन् २०२२ मा अत्याधिक पर्यटक सौराहा भित्राउने गरी पर्यटनसँग सम्वन्धित संघसंस्था एकजुट भएकोका छौ । तेस्रो पर्यटकीय गन्तव्यलाई दोस्रो स्थान बनाउने योजनाका साथ काम अघि वढेका छौ ।
सन् २०२२ सम्ममा वाह्य पर्यटक आउने आशा नभएको भन्दै आन्तरिक पर्यटक भित्राउन छिट्टै सवै सेवा (होटलबाट दिने सेवाहरु, रेष्टुरेण्टहरुबाट दिने सेवा, हात्ती सफारी, डुँगा सफारी ) लगायत पर्यटनसँग सम्वन्धित सेवामा २० देखि ३० प्रतिशतसम्म छुटको प्याकेज घोषणा गरेको पनि ब्यवसायीहरुले बताए ।
साथै पर्यटन दिवसकै अवसरमा नेपालको तेस्रो पर्यटकीय गन्तव्य सौराहा कोभिड–१९ र लकडाउनले करिब ६ महिनादेखि ठप्प भएपनि अव भने स्वास्थ्य सुरक्षाका मापदण्ड सहित संचालन भएको सन्देश प्रवाह गरिदिन समेत अध्यक्ष भट्टराईले आग्रह गरे ।
क्षेत्रीय होटेल संघ सौराहा चितवन, रेवान सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, साना पर्यटन व्यवसायी संस्था, भिजिट चितवन एन्ड सफारी प्रालि, सौराहा हात्ती तथा जिप बुकिङ सेन्टर, निकुञ्ज जिप सफारी प्रालि, नेचर गाइड एसोेसिएसन नेपालसहित बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वनले एकसाथ औपचारिक कार्यक्रम गर्दै सौराहा खुलेको सन्देश दिएका हुन् ।
सौराहाको पर्यटन पुरानै लयमा फर्कन दुई वर्ष लाग्ने बताउँदै अध्यक्ष भट्टराइले चीन र भारतबाट धेरै मात्रामा पर्यटक आउने र अहिलेको महिनादेखि
विशेष भएपनि विगत सम्झदै वस्नु वाहेकको विकल्प नभएको बताए ।
कोभिड–१९ का कारण झुप्रोदेखि सुरु भएको व्यवसाय पहिलोपटक थला परेको र फेरि शून्यबाटै सुरु गर्नुपर्ने अवस्थामा आएको व्यवसायीहरुको भनाई छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीले हात्ती सफारीमा पनि छिट्टै नयाँ प्याकेज घोषण गरिने बताउँदै सेवा दिन सुरु गरेको जानकारी गराए ।
कोरोनाकै कारण आफुहरुले १० वटा हात्ती विदेश फर्काएको बताउँदै अव सहकारीमा आवद्ध गराई यसको संरक्षणमा लाग्ने समेत तिवारीले बताए । कार्यक्रममा बोल्दै रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतीवडाले पर्यटनमन्त्रीले व्यक्त गरेको हप्तामा दुई दिन विदा दिने र देशदर्शनको कुरालाई कार्यान्वयन गर्न सके पर्यटन व्यसाय माथि उठ्ने बताउनुभयो । सन् २०२२ सम्ममा विदेशी पर्यटकको आशा नरहेको भन्दै आन्तरिक पर्यटकलाई थप प्रवद्र्धन गर्न सरकार स्वयम्ले नयाँ नीति र कार्यक्रम ल्याउन आवश्यक भएको बताए ।
कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीले भनिन व्यवसाय संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्न आग्रह गर्दै नगरपालिकाले व्यवसायीहरुका लागि के गर्नुपर्छ वसेर छलफल गरी नयाँ योजना सहित अघि वढ्न तयार छ ।
बाघमारा मध्यवर्ती सामुदायि वनका अध्यक्ष जितबहादुर तामाङले वनमा हात्ती सफारी खुल्ला भइसकेको बताउँदै स्वास्थ्य मापदण्ड पालना सहित आएका पर्यटकलाई घुमाउन सुरु गरिसकेको जाननकारी गराए ।
असोज १ गतेदेखि होटल व्यवसाय खोल्न सरकारले अनुमति दिएपनि खासै पर्यटकको आवागमन भएको छैन । सौराहामा आउने ६० प्रतिशत पर्यटक वन र वन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् भने ११० वटा मध्यम तथा ठूला होटलहरु र ५० वढि रेष्टुरेण्टहरु रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८