• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

  • संबाददाता

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन –१० ,२०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर ३ का १ पुरुष, रत्ननगर ३ र १४ का २ पुरुष र राप्ती २,४ र ६ का १ महिला ४ पुरुष सहित ५ जना समेतगरि जम्मा ८ जना रहेका छन।

परिक्षण गरिएका नमुनाहरुको स्वाबहरु पुरानो मेडिकल कलेज र क्वारेन्टिनहरुबाट संकलन गरिएको थियो ।

विहिबार र शुक्रवार परिक्षण गरिएका १२४ वटा नमूना मध्ये ११६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ८ वटा नमुनाको पोजेटिभ आएको हो।

  • प्रकाशित मिति : असोज १०, २०७७, शनिवार ००:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८