आश्विन–१,२०७७
चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशलामा गरिएको परीक्षणमा भरतपुरका २ सहित चितवनमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ३ का १ पुरुष र वडा नं. १० का १ महिला गरि जम्मा २ जना रहेका छनु । अन्य संक्रमित हुनेहरुमा र्खैरहनी ६ र ११ का २ पुरुष रहेका हुन। संक्रमितहरु २१ देखि ४३ बर्ष उमेरसम्मका रहेको प्रयोगशालाले जनाएको छ।
परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको थियो ।
बुधवार परिक्षण गरिएका २९९ वटा नमूना मध्ये २९५ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ४ वटा नमुनाको पोजेटिभ आएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८