भाद्र–३१,२०७७
चितवन । सुदूरपश्चिम प्रदेशमा ७३ हजार बढिको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ७३ हजार एक सय ९४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
धनगढी प्रयोगशाला मार्फत ३८ हजार ८ सय २६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशाला मार्फत १६ हजार तीन सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशाला मार्फत १५ हजार तीन सय र डोटी जिल्ला अस्पतालको प्रयोगशाला मार्फत २ हजार ५६६ जनाको कोरोना परीक्षण भएको छ ।
निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ७५ हजार २४९ जनाको स्वाब संकलन गरिएकोमा २ हजार ५५ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म परीक्षण गरीएका ९ प्रतिशत अर्थात ६ हजार ६२१ जनामा कोरोना पुष्टि भएको छ ।
सबैभन्दा बढि कैलालीमा दुई हजार एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा एक हजार ३१, अछाममा ९ सय ९२, कञ्चनपुरमा ७ सय ५१ र बाजुरामा ६ सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बझाङका ४ सय ८२, बैतडीका ३ सय ८१, डडेल्धुराका ३ सय ४१ र दार्चुलाका ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
सुदुरपश्चिम प्रदेशमा हालसम्म ६०३५ जना निको भएर घर फर्किसकेका छन् । अहिले क्वारेन्टिनमा रहनेको संख्या २१४३ छ । प्रदेशमा ५७६ संक्रमित मध्ये २८३ जना अस्पतालमा उपचाररत छन् भने २९३ जना घरमै रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८