• साउन ३१, २०७९, मंगलवार Tuesday, 16 August, 2022
centreal college

सवारी साधन असोज १ गते देखि चल्ने, भाडा ५० प्रतिशत बढ्यो, होटलरेष्टुरेण्ट पनि खोल्न पाइने

  • संबाददाता

सवारी साधन असोज १ गते देखि चल्ने, भाडा ५० प्रतिशत बढ्यो, होटलरेष्टुरेण्ट पनि खोल्न पाइने

भाद्र–३०,२०७७

चितवन । विगत ५ महिनादेखि बन्द रहेका लामोदुरीका सवारी साधनहरु असोज १ गते देखि संचालन हुने भएका छन् । साथै बन्द रहेका होटलरेष्टुरेण्ट पनि असोज १ गतेबाट खोल्न पाइने निर्णय सरकारले गरेको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भाद्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उक्त कुराको जानकारी दिएका हुन ।

सवारी साधनले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउँने हुनाले अहिले चलेको भाडादरमा ५० प्रतिशत समम थपगरि लिन पाउने जनाईएको छ ।

यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्ने छ भने एक साईडमा एक जनाको दरले मात्र यात्रा गर्न पाईने छ । यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने सवारी साधन संचालकले ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था अनिवार्य गरेको हुनुपर्नेछ ।

आवश्यकता अनुसार अन्य मापदण्डहरु थपघट गर्नु परेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने बमोजिम हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।

होटल तथा ट्रेकिङ व्यवसायहरुले पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर संचालन गर्न पाउने भएका छन् । मापदण्ड पालना गरे नगरेको अनुगमन संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । अहिलेसम्म होटल रेष्टुरेण्टले ‘टेक अ वे’ सेवा मात्र लिन पाउने व्यवस्था गरिएको थियो ।

 

  • प्रकाशित मिति : भदौ ३०, २०७७, मंगलवार १२:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८