भाद्र–३०,२०७७
चितवन । पछिल्लो २४ घण्टामा १० हजार ३७५ नमुनाको परिक्षण गर्दा १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका छन् ।
आज ४ सय ४६ महिला र १ हजार १३ पुरुष सहित १४५९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १५ हजार ७७९ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार ६४० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १०६२ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ४० हजार ६३८ पुगेको छ । यो ७१.५ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा ४ महिला र ७ पुरुषगरि मृत्यु हुनेको संख्या ११ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३७१ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८