• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

नारायणगढ–मुग्लिन खण्ड संचालनमा आउन साँझसम्म लाग्ने

  • संबाददाता

नारायणगढ–मुग्लिन खण्ड संचालनमा आउन साँझसम्म लाग्ने

भाद्र–३०,२०७७

चितवन । सोमवार साँझबाट सनारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाई सुचारु भएको यातायात पुन बन्द भएको छ । मंगलवार विहानै देखि ठाउँ ठाउँमा ठूला र साना पहिरा खसेपछि सडक पूर्ण रुपमा बन्द भएको छ । सडक डिभिजन कार्यालय चितवनले जनाए अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । अन्य पहिरो नखसेमा भर साझँ सम्म घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा खसेको पहिरो हटाई सवारी संचालनमा आउने सम्भावना छ ।

सोमबार राति शुरुमा १०ः३० बजे चारकिलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमशः अन्य ठाउँमा पहिरो खसेको थियो । साथै सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

साना पहिरा ठाउँठाउँमा भएकाले सङ्ख्या यकिन गर्न नसकिए पनि ती पहिरो पन्छाउन समय नलाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ । यसैबीच पाँचकिलोमा माथिबाट झरेको लेदोले सडक भरिएर छेउमा रहेका तीन घरमा लेदो पसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सडकमा रहेको एउटा बोलेरो लेदोले भरिएको छ । लेदोले अन्य दुई घरको जग समेत खोतलेको छ ।

  • प्रकाशित मिति : भदौ ३०, २०७७, मंगलवार ०७:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८