• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

धनगढीका ४३१ संक्रमित मध्ये २५८ जनाको ‘ट्राभल हिस्ट्री’ छैन्

  • संबाददाता

धनगढीका ४३१ संक्रमित मध्ये २५८ जनाको ‘ट्राभल हिस्ट्री’ छैन्

भाद्र–२९, २०७७

धनगढी । आईतवार ६० जना थपिएसँगै सुदूरपश्चिम प्रदेशको धनगढीमा संक्रमितको संख्या चार सय ३१ पुगेको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका ६० जनामा संक्रमण पुष्टि भएको हो । ७ जनाको भने यसअघिकै संक्रमितको पुनः परीक्षण गरिएको थियो ।

आईतबार कोरोना पुष्टि भएका सबै ६० जनानै ट्राभल हिस्ट्री नभएका व्यक्तिहरु छन् । उनीहरु मध्ये २८ जना धनगढीमै कार्यरत सुरक्षाकर्मीहरु हुन् ।

सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत २४ जना र प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चार जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै १८ जना धनगढी १ का रहेका छन् । धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या दुई सय ५२ पुगेको छ ।

संक्रमण पुष्टि भएका दुई सय ११ जनाले कोरोना जितिसकेका छन् भने दुई सय २० जना संंक्रिय संक्रमित रहेका छन् ।

  • प्रकाशित मिति : भदौ २९, २०७७, सोमवार ०२:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८