भाद्र–२९,२०७७
चितवन । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा २ बर्षका बालक सहित २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५,६,८,१०,१२ र १८ का ७ पुरुष र ४ महिला गरि ११ जना रहेका छन । अन्य संक्रमित हुनेहरुमा कालिका ३ र ८ का ५ पुरुष र ५ महिला गरि १० जना, रत्ननगर २ का १ पुरुष र इच्छाकामना ५ का ६ पुरुष समेत गरि २८ जना रहेका हुन।
संक्रमितहरु २ देखि ५५ बर्ष उमेरसम्मका रहेको प्रयोगशालाले जनाएको छ । दुई बर्षका बालक कालिका नगरपालिका ८ का हुन ।
परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र र बिभिन्न क्वारेन्टिनबाट संकलन गरिएको थियो ।
आइतबार अबेरसम्म परिक्षण गरिएका १७३ वटा नमूना मध्ये १४५ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने २८ वटा नमुनाको पोजेटिभ आएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८