• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

आज ११७३ जना निको भए, संक्रमित संख्या ५४ हजार नाघ्यो

  • संबाददाता

आज ११७३ जना निको भए, संक्रमित संख्या ५४ हजार नाघ्यो

भाद्र–२८,२०७७

चितवन । पछिल्लो २४ घण्टामा ९ हजार १६५ नमुनाको परिक्षण गर्दा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ३ सय ६५ महिला र ६ सय ७४ पुरुष सहित १०३९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५४ हजार १५९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १५ हजार ११७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ७ हजार ३८७ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११७३ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ३८ हजार ६९७ पुगेको छ । यो ७१.५ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा ३ महिला र ६ पुरुषगरि मृत्यु हुनेको संख्या ९ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३४५ पुग्यो ।

  • प्रकाशित मिति : भदौ २८, २०७७, आइतवार १०:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८