भाद्र–२८,२०७७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराती पहिरो जाँदा १८ घर पुरिएका छन् । बाह्बिसे ७ घुम्थाङका १८ घर बगाउँदा १२ जना बेपत्ता भएका हुन् ।
भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको बाह्विसे प्रहरीले जनाएको छ । अहिले उद्धारको लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घट्ना स्थल पुगिसकेको र क्षतिको विवरण संकलन भईरहेको जनाईएको छ ।
सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् । मौसम अनुकूल हुनासाथ उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८