मालपोत कार्यालय भरतपुरले क्षेत्र छुट्याएर सेवा दिने

  • संबाददाता
  • भदौ २७, २०७७

भाद्र–२७,२०७७

चितवन । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारी र संक्रमण बढ्दै गएपछि मालपोत कार्यालय भरतपुरलेपनि सावधानी अपनाएर सेवादिने भएको छ । जस अन्र्तगत आईतवार भरतपुर,बछ्यौली र गीतानगर क्षेत्रको मात्रै काम गरिने छ । सोमवार श्रीपुर,पिठुवा र पन्चकन्याको गरिने छ भने मंगलवार पदमपुर,हाजीपुर र कविलास क्षेत्रको मात्र काम गरिने मालपोत कार्यालय भरतपुरले सूचना प्रकाशितगरि सर्वसाधरणलाई जानकारी गराएको हो ।

यस्तै बुधवार कल्याणपुर,देवौली र नारायणगढ क्षेत्रलाई समेटिएको छ । विहिवार जुटपानी ,शिवनगर र चण्डिभञ्ज्याङ तथा शुक्रवार भरतपुर पटिहानी र दारेचोक क्षेत्रको मात्रै काम गरिने सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, सेवाग्राहीले मास्क अनिवार्य लगाउनु पर्ने, सावुन पानीले हात धुने र सेनिटाईजरको प्रयोगगरेपछि मात्र कार्यालयमा प्रवेश गर्ने । तथा आफैले सामाजिक दुरी कायमगरि सबैलाई सहयोग पु¥याउने ।

पछिल्लो समय चितवनमापनि कोरोना संक्रमित बढ्दै गएको छ । त्यसैले सबै क्षेत्रमा सावधानी अपनाउनु जरुरी देखिन्छ । आज शनिवार मात्रै चितवनमा ९२ जना संक्रमितहरु थपिएका छन् ।

  • संबाददाता
  • प्रकाशित मिति:भदौ २७, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८