भाद्र–२६,२०७७
चितवन । सत्तारूढ नेकपाको स्थायी कमिटिको बैठक आज शुक्रवार सम्पन्न भएको छ । पार्टीभित्रको आन्तरिक विवाद चुलिएपछि पार्टीको विवाद सुलझाउन नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । त्यहि कार्यदलले अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदनको आधारमा आजको बैठक केन्द्रित भएको थियो ।
बैठकले नेकपा अध्यक्षद्वयको कार्यविभाजनलाई थप प्रष्टपारेको छ । प्रधानमन्त्री ओलीले सरकारका कामकारबाहीलाई प्रभावकारी ढंगले हेर्ने र दाहालले पार्टीका काम कारबाहीमा मात्र केन्द्रित भएर पार्टी चलाउने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्षद्वयले तयार पारेको प्रस्ताव माथि स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखेका थिए । छलफलमा सदस्यहरुले राखेका धारणाहरुलाई दाहालले प्रष्टाएका थिए ।
बैठकले पार्टी एकताको रक्षा गर्दैे अगाडि बढ्ने निर्णय समेत गरेको श्रेष्ठले बताए । गत असार १० देखि शुरु भएको नेकपा स्थायी कमिटीको बैठक शुक्रबार सकिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८