भाद्र–२६,२०७७
आज एक दिनमा १० हजार ७०१ नमुना परिक्षण गर्दा १४५४ संक्रमितहरु थपिएका छन् । जसमध्ये महिलाको संख्या ४६३ छ भने पुरुषको संख्या ९९१ रहेको छ । आजसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु मध्ये झापाका १४, मोरङका ४७, संखुवासभाका १२, सुनसरीका ४४, धनुषाका २, पर्साका ३, बाराका २, महोत्तरी २, रौतहटका ६, सप्तरीका ४, सर्लाहीका ७, सिराहाका ४२, काठमाडौँका ६२०, काभ्रेका ११, चितवनका ७४, धादिङका १, नुवाकोटका ३, भक्तपुरका ३८, मकवानपुरका ५४, रामेछापका १, ललितपुरका ३८, सिन्धुपाल्चोकका २, सिन्धुलीका २, कास्कीका ११, गोर्खाका ६, तनहुँका ८, नवलपरासीपुर्वका ३८, पर्वतका २, लमजुङका ६, स्याङजाका ४, कपिलवस्तुका २८, गुल्मीका २०, दाङका ५, नवलपरासीका ३५, पाल्पाका १२, प्युठान १३, बर्दियाका १, बाँकेका १८, रुकुमपुर्व ११, रुपन्देहीका १०२, रोल्पाका ३, जुम्ला १, सुर्खेतका २६, कन्चनपुर २, कैलालीका ६७, डोटीका ६, संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले जनाए अनुसार प्रदेश १ मा ५, प्रदेश २ मा २४, वाग्मतीमा १०७, गण्डकीमा ५, प्रदेश ५ मा २२, कर्णालीमा ६ र सुदुर पश्चिममा १ गरि देशभरमा आइसियुमा १७० जना उपचाररत छन् । त्यस्तै भेन्टिलेटरमा उपचाररत वाग्मतीमा २२, गण्डकीमा २ र सुदुर पश्चिममा १ गरि २५ जना रहेका छन् ।
देशमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोना मुक्त रहेका छन् भने सुनसरी, सर्लाही, काठमाडौँ, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित जिल्लामा पर्दछन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८