आज १४५४ संक्रमित थपिए ९७२ निको भए

  • संबाददाता
  • भदौ २६, २०७७

भाद्र–२६,२०७७

चितवन । पछिल्लो २४ घण्टामा १० हजार ७०१ नमुनाको परिक्षण गर्दा १ हजार ४५४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज ४ सय ६३ महिला र ९ सय ९१ पुरुष सहित १४५४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या १४ हजार ९२५ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ६ हजार ६३४ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९७२ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या ३६ हजार ६७२ पुगेको छ । यो ७१ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा १ महिला र ४ पुरुषगरि मृत्यु हुनेको संख्या ५ पुगेको छ । यो सहित देशभर मृत्युहुनेको जम्मा संख्या ३२२ पुग्यो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८